२०८३ जेष्ठ २२ - Fri Jun, 2026 -

Janasewa News

अरुसँगको सहकार्यले समुदायसँगको सम्बन्ध कमजोर भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बनेको बताएका छन् ।

अन्य राजनीतिक दलहरूसँगको सहकार्यतर्फ इंगित गर्दै उनले त्यसले पार्टीलाई आफ्नो वर्ग र समुदायबाट टाढा बनाएको निष्कर्ष निकालेर नयाँ अभियान सुरु गरेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अब आत्मआलोचनासहित पुन: पार्टी आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताए ।

माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com