२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ — सरकारले डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको छ । गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

जोशी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र ढकाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा छन् ।

त्यस्तै मन्त्रालयले डा. देउती गुरूङ र ईन्जिनियर नबिन्द्र अर्याललाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । अर्याल साइबर ब्युरोमा कार्यरत छन् भने गुरुङ प्रहरी प्रधान कार्यालयको केनाइन शाखा प्रमुख हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com