२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूको भेलाले पार्टीमा ४० वर्ष मुनिका युवाको सहभागिता सुनिश्चित गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय समिति (२०६८/२०७३) ले गरेको पुनर्मिलन कार्यक्रममा नेताहरूले पार्टीमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् ।

शुक्रबार र शनिबार नगरकोटमा भएको पुर्नमिलन कार्यक्रममा पार्टीको आगामी दिशा कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णको संयोजनमा भएको भेलामा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार खत्री, सुवास पोख्रेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीसहित नेविसंघ पूर्व केन्द्रीय समितिका सदस्यहरूले  पार्टीमा युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका कर्णले कार्यक्रममा पार्टीको पुनर्ताजगीकरण, राजनीतिमा युवाको भूमिका, राजनीतिमा न्यू मिडिया अर्थात् सामाजिक सञ्जाल प्रयोगको महत्व र अब कांग्रेसले तय गर्नुपर्ने राजनीतिक बाटोलगायतबारे कुराकानी भएको जानकारी दिए ।

कार्यक्रममा नेता कर्णले ‘संघर्ष, नेतृत्व र रुपान्तरण’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा देशको आर्थिक समृद्धिसहित सुशासनका लागि विधान नै संशोधन गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरिएको छ ।

जनसङ्ख्याको ४२.५ प्रतिशत युवाहरू भएपनि कांग्रेसमा  युवा सहभागिता तुलनात्मक रूपमा कम रहेकाले विधानमा संशोधन गरेर वडादेखि केन्द्रीय तहसम्म पार्टीका हरेक समितिमा ४० वर्ष मुनिको कम्तीमा ३० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष कार्यक्रममा निकालिएको कर्णले बताए ।

मतदान गर्न १८ वर्ष पुगेपछि पाउने तर संघीय सांसद हुनका लागि २५ वर्षको योग्यता राखिएकोका पनि उनीहरूको आपत्ति थियो । २१ वर्ष उमेर पुगेपछि सांसद बन्न पाउने व्यवस्था गरिनुपर्ने प्रस्ताव पार्टीमा लैजाने पनि उनीहरूले तयारी गरेका छन् । भेलामा सहभागी नेताहरूले पन्ध्रौँ महाधिवेशनमा सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com