२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

पार्टी नेतृत्व नबदलिए जनताका आवाज नेतृत्व गर्न सकिँदैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको मूल नेतृत्व नबदलिएसम्म जनताका आवाज र आवश्यकता पूरा गर्न नसक्ने बताएका छन् ।

सोमबार झापाको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरू जनताका कुरा सुन्न अभियान नै बनाएर अघि बढेको जिकिर समेत गरे ।

‘हामी तपाईंहरूको कुरा सुन्न आएका हौं । हामीले केही कामहरू पार्टी निर्माणको सन्दर्भमा यी अधुरा कामहरू कसले पूरा गर्ने त ? माओवादी मात्रै त्यस्तो पार्टी हो त्यसले मात्र गर्न सक्छ,’ शर्माले भने ।तर, त्यसका लागि केही सर्तहरू रहेको उनले बताए ।

‘तर केही सर्त छन् । बिनासर्त माओवादीले पनि गर्न सक्दैन । त्यो भनेको माओवादीले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ,’ शर्माले भने, ‘नेतृत्वको टिमले आफैंले आफैंलाई बदल्नु छ । त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं । जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं ।’

जनताका धेरै कुरा पूरा गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्दै उनले पार्टी नेतृत्वको टिम नै बदलिनुपर्ने बताए ।

‘जनताका धेरै कुरा पूरा गर्न बाँकी छ । त्यसका लागि पहिले माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको टिम बदलिनुपर्छ । यसले फेरि त्याग गर्न सक्नुपर्छ,’ उनले भने, ‘यदी लोभ र मोहमा फस्ने हो भने सक्दैन । त्यसकारण त्यागको शिक्षा लिन हामी तपाईंहरूकोमा आएका छौं ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com