२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

प्रदेश १ : नयाँ सभामुखको शपथपछि पहिलो पटक चलाए प्रदेशसभा बैठक

प्रदेश १ : नयाँ सभामुखको शपथपछि पहिलो पटक चलाए प्रदेशसभा बैठक

विराटनगर । प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले पद तथा गोपनीयताको शपथ खाएका छन् । उनलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ खुवाएका हुन् ।

शपथग्रहण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरू, संसदीय दलका नेता, सांसद, पूर्व सभामुख, उपसभामुखलगायतको उपस्थिति थियो । सभामुख भएपछि उनले प्रदेश १ लाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए ।

‘प्रदेशलाई बलियो बनाउने गरी अगाडि बढ्छु । प्रदेशको नामकरणको विषयलाई टुंगो लगाउन प्रयास गर्छु,’ उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘म मेरो ठाउँबाट यो पदलाई न्याय गर्छु । यो भूमिका लागि म योग्य छु ।’

शपथग्रहण लगत्तै आजै उनले प्रदेशसभाको तेस्रो बैठक सञ्चालन गरेका छन् । बैठक सञ्चालनका क्रममा उनले प्रदेशसभाको सभामुख पदको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने कुरामा सभालाई विश्वास दिलाए ।

त्यस क्रममा उनले आफ्नो दलको सदस्यताबाट राजीनामा पनि दिएका छन् । ‘सभाको निष्पक्षतामा काम गर्नका लागि आफ्नो दलबाट आजैका मितिदेखि राजीनामा दिएको छु,’ उनले भने ।

उनले उपसभामुखको निर्वाचन २०७९ पुस ३० गतेका लागि तोकेका छन् । त्यसका लागि उपसभामुखको मनोनयन भोलि हुनेछ । भोलि ९शुक्रवार०को बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com