२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

मगर एकता दिवसमा गुल्मीका ७ स्थानीय तहमा सार्वजनिक बिदा

गुल्मी । गुल्मी जिल्लाका ७ स्थानीय तहले मगर एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, गुल्मीदरबार, छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर संघ स्थापना भएको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

१२ वटा स्थानीय तह रहेको गुल्मीमा ७ वटा स्थानीय सरकारले ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

स्थानीय सरकारले दिवसको अवसरमा सार्वजनिक बिदा दिए पनि औपचारी कार्यक्रमहरु भने गर्ने गरेको पाइएको छैन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com