२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ : नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जवाफ फर्काएका छन् ।

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा योगी आदित्यनाथको तस्बिरबारे लगाएको आरोपको जवाफ दिँदै गलत सूचनाको सहारामा दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्तिको संज्ञा दिएका छन् ।

उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ- समाचार त आएकै छ नि !

साथै उनले यस्तो पनि भनेका छन्-

काँक्रा चोरहरू-
काँक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियाँ टाँसी
कुलेलाम ठोक्छन् !
दलालहरू—
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !

सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमा लेख्दै पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका थिए ।

शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको समेत बताएका छन् ।

‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ’ शाहीले लेखेका थिए ‘नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स, लेलिन, माओ कुन देशका हुन ?’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com