२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

के पी ओली राष्ट्रका पिता हुन् : टोपबहादुर रायमाझी

के पी ओली राष्ट्रका पिता हुन् : टोपबहादुर रायमाझी

एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको आरोप लगाए ।उनले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाए ।एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताए ।

‘माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थाले, त्यसैले म केपी ओलीतिर लागेको हुँ,’ रायमाझीले भने, ‘दाहाल कम्युनिस्ट राजनीतिक रुपमा बेइमान हुन् ।माधव नेपाल र दाहाल तुहिनेवाला छन्, उनीहरू विसर्जनको बाटोतिर छन् ।’ दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनको तर्क छ ।

माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उनले चेतावनी दिए ।‘राष्ट्रियसभा चुनावमा हामी हार्दैछौं,’ उनले भने, ‘एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेका छन् । हामी हारे पनि जितेका छौं ।’

कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताए । ‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन । पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ ।यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ । ५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com