२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

केएल दुगर ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष दुगडलाई भारतमा सम्मान

काठमाडौँ- केएल दुगर ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडलाई भारतमा सम्मान गरिएको छ ।

रोलर मिल एशोसिएसन अफ इन्डियाले २०२५ मार्च ३ र ४ मा गोवामा आयोजना गरेको  ]  “The Future of Milling Vision 2030 & Beyond” सेमिनारमा दुगडलाई सम्मान गरिएको हो । भारतीय लोकसभाका सांसद प्रबिण खण्डेलवाल सहित फेडरेसन अफ रोलर्स फ्लोर मिल इण्डियाका केन्द्रिय अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्व समेतको उपस्थितिमा उहाँलाई सम्मान गरिएको हो ।

प्रत्येक ५ वर्षमा एकपटक आयोजना गरिने कार्यक्रममा भारतका ६०० भन्दा धेरै मैदा आँटा मिल कम्पनीहरु तथा अन्य वैदेशिक राष्ट्रका मिलिङ कम्पनीहरु र खाद्यान्न उत्पादन, खाद्य सुरक्षा, खाद्य व्यवस्थापन एवं खाद्य प्रशोधन प्रविधिसँग सम्बन्धित कम्पनी र विषेशज्ञहरुको सहभागिता रहेको थियो ।

नेपाल मैदा उद्योग संघले पहिलो पटक यति ठुलो समारोहमा सहभागिता हुनु र नेपालकै तर्फबाट सम्मानित हुन हामी मैदा उद्यमीको मात्र नभई नेपालको समेत शीर उच्च भएकोमा हामी सबैले गौरवान्वित महसुस गरेका छौँ, अध्यक्ष दुगडले भन्नु भयो ।

उहाँले अगाडि भन्नुभयो, नेपाल फ्लोर मिल एशोसिएसनका अध्यक्ष श्री कुमुद दुगडले नेपालमा गहुँको उत्पादन वृद्धि गर्न, गहुँको भण्डारण व्यवस्थित गर्न, खाद्य सुरक्षा कायम राख्दै गहुँजन्य आँटा, मैदा, सुजी, चोकर लगायतका वस्तुहरुको गुणस्तरीय उत्पादन गर्न सधैँ सरकारका विभिन्न निकाय र सरोकारवाला निकायहरुसँग सहकार्य गरी अगाडि बढ्न नेपाल फ्लोर मिल एशोसिएसन सदैव तत्पर छ ।

नेपालमा गहुँको वास्तविक उत्पादन स्याटलाइट लगायत विभिन्न प्रविधि र वास्तविक मौज्दातको तथ्याङ्कमार्फत पुनः गणना गरी यसको वास्तविक तथ्यांक सार्वजनिक गर्न आग्रह गरेका छौँ, दुगडले भन्नु भयो ।

उहाँले नेपालमा गहुँको उत्पादन वृद्धि गर्न, गहुँको भण्डारण व्यवस्थित गर्न, खाद्य सुरक्षा कायम राख्दै गहुँजन्य आँटा, मैदा, सुजी, चोकर लगायतका वस्तुहरुको गुणस्तरीय उत्पादन गर्न सधैँ सरकारका विभिन्न निकाय र सरोकारवाला निकायहरुसँग सहकार्य गरी अगाडि बढ्न नेपाल फ्लोर मिल एशोसिएसन सदैव तत्पर रहेको सन्देश समेत दिनुभयो ।

भारत सरकारले फ्लोर मिलमा कार्यरत प्राविधिकलाई नयाँ प्रविधिमुलक उत्पादनका लागि लखनउमा प्राविधिक तालिम केन्द्र सञ्चालनमा ल्याईने, भारत सरकारले गहुँ बोर्ड गठन गर्ने, तथा नेपालका उद्योगी व्यवसायी र प्राविधिकलाई नयाँ प्रविधिको जानकारी गराउन नियमित रुपमा तालिमको अवसर प्रदान गरिने घोषणा समेत सम्मेलनमा भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com