२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

‘प्रमुख कृषि बालीको समर्थन मूल्य बाली लगाउनु १५ दिनअघि नै तोक्नुपर्ने’

काठमाडौं । सरकारलाई प्रमुख कृषि बालीको समर्थन मूल्य बाली लगाउनुभन्दा १५ दिन अगाडि नै तोक्न सुझाव दिइएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रमुख कृषि बाली धान, मकै, गहुँ, चिया र अलैँचीको लागतका आधारमा प्रत्येक वर्ष बाली लगाउने सामान्य समयको कम्तीमा १५ दिन पहिले राष्ट्रिय समर्थन मूल्य तोक्न सुझाव दिएको हो ।

‘चक्रवर्ती कोष खडा गर्ने उक्त कोषमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रत्येक वर्ष रकम जम्मा गर्दै जाने व्यवस्था गर्ने र त्यसैगरी कृषकलाई मूल्य स्थिर गर्न र किसानलाई आफ्नो कृषि उपजको मूल्य सुनिश्चितता प्रदान गर्न अनुबन्ध (करार) खेती र बाली लगाउनुपूर्व बजारको माग अनुरूप अनुबन्धहरूको प्रवद्र्धन गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्ने,’ आयोगले कृषि क्षेत्रमा दिएको सुझावमा छ ।

बिक्री केन्द्रदेखि करार खेतीसम्मका सुझाव

आयोगले किसानको मोलतोल गर्ने क्षमता बलियो बनाउन प्रमुख बजार केन्द्रमा किसान सहकारी र स्थानीय तहको सहकार्यमा बिक्री केन्द्र स्थापना गर्न सुझाव दिएको छ ।

बजार सम्बन्धी सूचना र जानकारीमा पहुँच पुर्‍याउन मोबाइल एप्स, एसएमएस र अन्य माध्यमबाट किसानलाई मूल्य, माग र आपूर्ति तथ्यांक उपलब्ध गराउने सूचना प्रणाली थप प्रभावकारी बनाउन समेत भनिएको छ ।

‘अनुबन्ध खेती (करार खेती) प्रवद्र्धन गर्ने, कृषि बजार नियमन ऐन जारी गर्ने, मध्यस्थकर्ताहरूको नियमन गर्न दर्ता गर्नुपर्ने कानुनी व्यवस्था गर्ने,’ सरकारलाई आयोगले सुझाव दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com