२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरे : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौँमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रीवितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् ।

उनले संघीय सरकारले मल भित्र्याउने मात्रै गरेको वितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रीको जिम्मा दिँदा गडबडी भएको उनले बताए ।

मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफूहरू सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिब नियन्त्रणमा आएको दाबी गरे । उनले खेती योग्य जमिन मध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताए ।

उनले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने जिकिर गरे । उनले सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com