२०८२ बैशाख १३ - Sat Apr, 2025 -

Janasewa News

वैवाहिक बलात्कारमा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी

काठमाडौं । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् ।

सोमबार बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् । ‘राति अबेर सफाइ पाएको भन्ने फैसलाको कागजात आइपुगेपछि उहाँ आज बिहान छुट्नु भएको हो,’ डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले अनलाइनखबरसँग भने ।

उच्च अदालत पाटनले आइतबार गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएपछि उनी छुटेका हुन् ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गरेको थियो । वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन् । त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बन समेत गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com