२०८२ असार १३ - Fri Jun, 2025 -

Janasewa News

युरोको भाउ बढ्यो, अमेरिकी डलर घट्यो (विनिमय दर)

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैं‌कका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ ।/

आज युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा कायम भएको छ । सोमबार युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा रहेको थियो ।/

सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउमा भने आज गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । सोमबार एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा रहेको थियो ।

आज युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०० पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९९ पैसा र बिक्रीदर २१ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com