२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम, कुन प्रदेशबाट को-को ?

काठमाडौँ- सरकार नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले पार्टीबाट हुने उम्मेदवारको नाम टुंग्याएको हो । जसअनुसार  कोशी प्रदेशबाट चम्पा कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दको नाम टुंग्याएको हो ।

यसअघि आइतबार बसेको गठबन्धनको बैठकले १९ पदका निम्ति भागबन्डा गरेको थियो । जसअनुसार  कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट पाएका थिए ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com