२०८२ असार ९ - Mon Jun, 2025 -

Janasewa News

कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन निर्देशन दिएको छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् ।

शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने कि सरुवाको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन् ।

शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखेरकाठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।

अदालतले शिक्षकका माग सम्बोधन हुने गरी तीन दिनभित्र विद्यालयमा पठनपाठन सुरु गर्न आदेश दिइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com