२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

शिक्षा मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शूल्क लिएको विषयमा सर्वपक्षीय छलफल गर्ने भएका छन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शूल्क लिएको विषयमा सर्वपक्षीय छलफल गर्ने भएका छन् । विहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर विद्यार्थीहरुको आन्दोलनका बारेमा जानकारी लिदै मन्त्री पौडेलले शूल्कका विषयमा शुक्रबार सर्वपक्षीय छलफल गर्ने जानकारी गराएका हुन् ।

सो क्रममा विद्यार्थीहरुले कलेजमा पढ्ने वातावरण नबनेको र आन्दोलन गर्नुपरेको जानकारी गराएका थिए । त्यस्तै विद्यार्थीहरुले आयोगले तोकेभन्दा बढी शूल्क कलेजले मागेको बताएका थिए । त्यस्तै कलेजले पानी, विजुली र इन्टरनेट बाहेक १२ हजार रुपैया होस्टेलका लागि थप मागेको पनि जनाए ।

सो क्रममा मन्त्री पौडेलले तोके भन्दा बढी शूल्क तिर्नु नपर्ने बताएका थिए । आन्दोलनरत विद्यार्थीहरुसँगको छलफलपछि मन्त्री पौडेल कलेज प्रशासनमा पुगेका थिए । सो क्रममा कलेजका सञ्चालकले सम्झौता–पत्र भन्दा बढी शूल्क नलिएको दाबी गरेका थिए ।

उनीहरुले चिकित्सा शिक्षा ऐनमाथि टेकेर सम्झौता गरिएको र आयोगबाट अनावश्यक दबाब दिएकाले अहिलेको परिस्थिति सिर्जना भएको बताएका थिए । मन्त्री पौडेलले विद्यार्थीहरुलाई नियमविपरितको दबाब नदिन निर्देशन दिएका थिए ।

विद्यार्थीहरुले आन्दोलन गरेकै कारण आफूहरुको अंक काट्ने चेतावनी आफूहरुलाई दिएको गुनासो पनि गरेका छन् । तोकेकोभन्दा बढी शूल्क मागेको भन्दै काठमाडौं मेडिकल कलेजलगाएतका केही कलेजका विद्यार्थीहरु आन्दोलित भएपनि शिक्षामन्त्री पौडेलले चासो देखाएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com