२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

१६ वर्षमै डिभोर्स भएको खुलाउँदै मिस पवि : जीवनमा धेरै पाठ सिकेँ

 

काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् ।

कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’

डिभोर्सकै कुरामा अल्झिएर बस्न उचित नहुने उनको भनाइ छ । ‘डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्‍यो त्यस्तो गर्‍यो भन्ने त्यो चाहिँ हुनुहुँदैन’ उनी भन्छिन् । बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ ।

‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।

आफूले जीवनमा धेरै राम्रो कुरा गरेपनि मान्छेले नराम्रो कुरा मात्र कोट्याउने गरेको दुःखेसो उनले पोखिन् । ‘मैले लाइफमा राम्रो कुरा पनि गरेकी छु नि । मान्छे नराम्रो कुरालाई निकाल्न खोज्छन । मैले असेप्ट गरे पनि नगरेपनि बच्चाको उमेरमा त्यस्तो भएको हो’ उनले भनिन् ।

डिभोर्सको कुरालाई इंगित गर्दै उनले भनिन्, ‘त्यो घटना मेरो लाइफको ठूलो दशा थियो, जुन कट्यो ।’ अहिले आउँदा त्यतिबेलाको कुरा सानो लाग्ने उनको भनाइ छ । अहिले पनि आफूसँग स्कुलका साथीहरू पनि साथमा नरहेको बताउँदै गर्दा उनले आँसु बगाइन् ।

कामको कुरा गर्दा, मिस पवि अहिले टिभी कार्यक्रम ‘कमेडी दरबार’मा ब्यस्त छिन् । उनले हालै फिल्म ‘माग्ने राजा’ छायांकन गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com