२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ

काठमाडौं । संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा छन् ।

सुमधुर स्वरका धनी ९ वर्षीय आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होलान् । भारतको सिलगुडीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि महिनौँ काठमाडौँमा बसेर प्रतियोगितामा भिडन्त गरिरहेका बाल गायक आदित्यले आफ्नो जादुमयी स्वरको कमाल देखाएकै छन् ।

आदित्यको गायन यात्रामा जजहरु न्ह्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी भावुक नबनेको पल नै छैन । हरेक एपिसोडमा जज र जुरीहरुले आदित्यलाई स्याब्बासी दिँदै उनको काँधमा ढाप मारेकै हुन्छन् । र त आदित्यले फाइनलसम्मको यात्रा चुम्न सफल भएका छन् ।

यसअघि भारतको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्समा भिडेका आदित्यले चर्चा बटुल्न सफल भए । तर उक्त समयमा उनी निकै सानो उमेरका भएका कारण पनि प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुग्न सकेनन् ।

तर, पछिल्ला दिनमा उनी आफ्नो जादुमयी स्वर र अद्भुत कलाका कारण पनि सबैको मन मुटमा बस्न सफल छन् । सिलगुडीको कर्म म्यूजिक एकेडेमीमा गायनका कक्षाहरु लिइरहेका आदित्यमा गज्जबको आत्मविश्वास छ ।

आफ्ना बाबुसँग सारेगमप लिटल च्याम्प्स नेपालको प्रतिस्पर्धाका लागि काठमाडौँ आएका यी बाल प्रतिभाले आँफूले उपाधि जितेको खण्डमा भोलिका दिनमा नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

आदित्यको गायन कला देखेर शो हेर्ने र उनलाई सुन्नेहरुले जुनियर नारायण गोपालको उपाधि समेत दिइरहेका छन् । भोटिगं कोड ०२ रहेका आदित्यलाई प्रभु पेको एप्स डाउनलोड गरेर वा मम एपमार्फत भोटीगं गर्न सकिनेछ ।

फाइनलमा आदित्यले रोशा फुँयाल, अविज्ञा घिमिरे, अरुण सुनार र कृपा पौडेलसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीताको फाइनल यही शनिबार हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com