मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै

काठमाडौं, जेठ ३ । आज ३२ औँ मदन–आश्रित स्मृति दिवस । नेकपा एमाले ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।
पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्य गर्न भनिएको छ । स्मृति दिवसमा रक्तदान, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसंवाद, सरसफाइ कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षारोपण कार्यक्रम राख्न निर्देशन दिइएको छ ।
पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत एमालेका नेताहरू बल्खु पुगेर भण्डारी र आश्रितको सालिक र तस्बिरमा फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।