२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

माओवादी आन्दोलनका सबै धारलाई एकतामा आउन प्रचण्डको अपिल

माओवादी आन्दोलनका सबै धारलाई एकतामा आउन प्रचण्डको अपिल

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी धारका सबै नेतालाई एकतामा आउन अपिल गरेका छन् ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी धारका सबै नेतालाई एकतामा आउन आग्रह गरेका हुन् । विभिन्न धाराका समूहहरूलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपिल गर्न चाहन्छु, उनले भने, हामीले अब फेरि एक पटक नयाँ संकल्पसहित अघि जानुछ । माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकतावद्ध भएर सामाजिक न्याय र रूपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु ।

माओवादी आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै छिट्टै एउटा समाजवादी मोर्चा निर्माणमा आउने उनको विश्वास छ । केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ, उनले भने, त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभइ आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिट्टै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com