गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलनिकट विद्यार्थी संगठनहरुले गरे प्रदर्शन

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलनिकट विद्यार्थी संगठनहरुले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन।
अखिल (क्रान्तिकारी) अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै मंगलबार प्रदर्शन गरेका हुन्।
उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसामा खाडी मुलुक र युरोप जाने नेपालीहरुबाट लिइएको दैनिक ५० लाख बढीको घुस प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको दाबी गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्दै त्यहाँ कार्यरत भ्रष्ट सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाए बापत दैनिक ५० लाख बुझाउने गरेको बयानले थप आक्रोशित बनाएको उनीहरुको भनाइ छ।