२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

समाजसेवी मङ्गल धावकद्वारा एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा उम्मेदवारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२५-२७) को लागि ओकिनावा निवासी मंगल धावकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
 ओकिनावामा सन २०१९ मा गठन गरिएको एनआरएनए ओकिनावा तदर्थ समितिबाट एनआरएनए यात्राको थालनी गरेका मङ्गलले पाँचौं अधिवेशनसम्म ओकिनावा क्षेत्रीय नेतृत्वलाई सफलतापूर्वक अघि बढाउँदै अहिले राष्ट्रिय समितिमा भूमिका निर्वाह गर्ने योजना अघि सारेका हुन् ।
“राष्ट्रिय समितिको आर्थिक पारदर्शिता, समावेशी सहभागिता र संस्थागत विकासको जिम्मेवारी केन्द्रीय सदस्यमा मङ्गल बहादुरको उम्मेदवारी” भन्ने नारासहित उनले आफूले उठाएका विषयहरूलाई केन्द्रीय तहसम्म पुर्‍याउने अठोट व्यक्त गरेका छन् ।
मंगल धावक  हाल एनआरएनए जापानद्वारा सञ्चालित नेपाल घर निर्माण अभियानलाई निरन्तर समर्थन गर्दै केन्द्रसँग हातेमालो गरि अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् उनी २०१७ मा पन्जीकृत सदस्य ओकिनावा २०१९ मा तदर्थ कार्य समिति सदस्य, ओकिनीवा

                           
२०१९ देखि २०२१ सम्म कार्य समिति सदस्य, ओकिनावा २०२१ देखि २०२३ सम्म कार्य समिति कोषाध्यक्ष, ओकिनवा र २०२३ देखि २०२५ सम्म कार्य समिति उपाध्यक्ष, को जिम्मेवारीमा रहि कुशल नेतृत्वदायी भुमिका निर्वाह गरेका व्यक्ति हुन।
सामाजिक सेवामा पनि उनी  उत्तिकै क्रीयाशिल छन। NRNA ओकिनावा तदर्थ  समिति बाट यात्रा  सुरु गरी ५ अधिवितेशन गर्न सफल पारदै उनले  धादिङ समाज जापान केन्द्रका उपाध्यक्षको जिम्मेवारीमा ,ग्लोबल फोरुम जापानको केन्द्रिय उपाध्याक्षमा रहि जापानी समुदयमा नेपाली कला पहिचान र संस्कृतिको अदान-प्रदान गर्न नेपाल पर्व देसी भैलो, विजया दशमी टिका जमरा लगाउने सार्वजनिक कार्यक्रम,जापानी माचुरीमा नेपाली पोषक मा नेपाली नृत्य कार्यक्रम, घुम्ती सेवा राहदानी निर्माण र नविकरण,जापान मा मृत्यु भएकाहरु लाई  जापान मा नै दासंस्कार गर्ने नेपाल पठाउन सहयोग गर्ने,खेलकुद र बाहिरी कार्यक्रम फुटबल खेल र बिभिन्न अभिमुखीकरण कार्यक्रम हरु संचालन गरि सामाजिक सेवामा योगदान पुर्‍याउदै आएका छन। 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com