आज यी प्रदेशमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षा हुने सम्भावना

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू -भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको



