२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

कांग्रेसको किल्ला भत्काउँदै धनुषाधाम-१ मा माओवादीका सुनिलले मारे बाजी

काठमाडौँ- धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा केवटले ६८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।

साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५,  राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरे ।

यो वडा कांग्रेसको गढ मानिन्छ । यसअघि यो वडामा लगातार दुई पटक नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको घर यसै वडामा पर्छ । त्यस्तै

कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य आनन्द ढुंगानाको घर पनि वडामा हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com