२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै घाइतेहरू द्धारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।

जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।

जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com