२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

धनगढीमा पूर्व राजा शाहको नागरिक अभिनन्दन

कैलाली- पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिएको छ । सोमबार धनगढी रङ्गशालामा हजारौँ नागरिकले अभिनन्दन गरेका हुन् । पूर्व राजा बुहारी र नातिनीसहित आइतबार धनगढी आइपुगेका हुन् । उनीहरू नेपालगञ्जबाट सडक मार्ग हुँदै धनगढी पुगेका हुन् ।

राजपरिवारलाई अभिनन्दन गर्न धनगढीमा पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो । सुरुमा जेठ ६ गते कार्यक्रम तय भए पनि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने भनेपछि अभिनन्दन समारोह सोमबारका लागि सरेको हो ।

नागरिक अभिनन्दनपछि पूर्व राजा शाहले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न नपाएको बताएका छन् ।

पूर्व राजाले नेपालमा भएको स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकूल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय भएको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com