२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आज काठमाडौँमा सत्ता गठबन्धनको संयुक्त भेला : देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

आज काठमाडौँमा सत्ता गठबन्धनको संयुक्त भेला : देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

काठमाडौँ । चुनावी प्रचार अभियानमा सक्रिय रहेको पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा प्रदेशस्तरीय भेला गर्दैछ ।

४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौँमा अन्तिम भेला हुँदैछ ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ भइरहेको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारनेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।

एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला भएको थियो ।

५ कात्तिकमा कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com