२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

महावीर पुन सहित नवनियुक्त ४ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्रको नाम सिफारिस भएको भएपनि आज शपथ रोकिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com