२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

दुर्गा प्रसाईंको संरक्षकत्वमा नागरिक बचाउ दल’ दर्ता

काठमाडौं ।  व्यवसायी दुर्गा प्रसाईंको संरक्षकत्वमा नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढेको छ ।‘नागरिक बचाउ दल’ नाममा दल दर्ताका लागि गत कात्तिक २३ गते निवेदन परेको हो ।

यस दलमा प्रसाईंले आफू नेतृत्वमा नबसेर माधव खतिवडालाई अघि सारेका छन् । खतिवडा प्रसाईंका स्वकीय सचिव र नागरिक बचाउ महाअभियानका प्रवक्ता हुन् । हालै गृहमन्त्रीसँग प्रसाईं समूहले गरेको वार्तामा खतिवडा सहभागी थिए ।

प्रस्तावित दलमा दुई उपसभापति काठमाडौंका ईश्वरी प्रसाद भट्टराई र झापाका देवीप्रसाद संग्रौला छन् । झापाकै प्रेमकुमार थाम्सुहाङलाई महामन्त्रीमा राखिएको छ ।

सहमहामन्त्रीमा विष्णु क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी नेपाल र प्रवक्तामा प्रेम थापामगर छन् । जम्मा २९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

चुनाव चिह्न ‘दुई पाइला’ प्रस्ताव गरिएको सो दलका लागि प्रस्तावित केन्द्रीय सदस्यहरुको सनाखत भइरहेको छ । ९ गते दल दर्ताको प्रमाणपत्र दिने आयोग स्रोतले बताएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com