नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेर अघि बैठक सुरू भएको छ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेनजी, सरकार र राजनीतिक दलहरूसँग भएको वार्ता, नेकपा ( एकीकृत समाजवादी ) का नेता, कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ।
साथै पार्टीको महाधिवेशन कार्यसूचीबारे पनि छलफल हुने बताएको छ।



