२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

निकिताको जन्मदिनमा रविले हर लडाईंमा हिम्मतसाथ उभिने नारीको रुपमा सम्झिए

काठमाडौं,। रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई सामाजीक सन्जालमा जन्मदिनको शुभकामना दिएका छन् । उनले आज कास्की जिल्ला अदालतमा तारेख धाउन उपस्थित भएको बेलामा पत्नीलाई जन्मदिनको शुभकामना दिएका हुन् । उनले पत्नी निकितालाई हर लडाईंमा हिम्मतसाथ उभिने नारीको रुपमा सम्झिएका छन् ।

उनले सामाजीक सन्जालमा लेखेका छन्–

मलाई सम्झना छ ,अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यहि कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यहि गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दहि खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यहि कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ। गत वर्ष प्रहरी साथी हरुको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यहि गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ वाँकि नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौं शुभकामना । संसार भरिका देवी देउताले तिम्रो रक्षा गरून।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com