२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

समानुपातिक उम्मेदवारको सुची लगायत जति पनि जायज गुनासा आएका छन् सबै सच्याउँछौं- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सुची सच्याउने बताएका छन् ।

पार्टीले बोक्नुपर्ने एक जना पनि व्यक्ति नभएको भन्दै लामिछानेले समानुपातिक सुचीको नाम सच्याउने र केही नाम सुचीबाट निकाल्ने बताए ।

‘जति पनि जायज गुनासा आएका छन्, हामी सबै गुनासो संवोधन गर्छो,’ उनले भने, ‘हामीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन, समानुपातिक सुची सच्याउँछौं ।’

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक सुचीमा नेताका परिवार लगायत व्यक्ति समावेश गरेको भन्दै आलोचना बढेको थियो । सभापति लामिछानेले निर्वाचन आयोगमा नाम सच्याउन अझै २ दिन समय रहेको भन्दै केही व्यक्तिको नाम सुचीबाट निकाल्ने पनि उनले बताए ।

‘हामीले केही व्यक्तिको नाम निकाल्ने तयारी गरेका छौं, ११० जना समानुपातिक सुचीबाट १० जना हटाउँदा केही फरक पर्दैन,’ उनले भने ।

विभिन्न पेशा व्यवसायका मानिसको राजनीतिक चेतलाई चुनौती दिन नहुने भन्दै लामिछानेले सबै क्षेत्रको प्रतिनिधित्व प्रतिनिधी सभामा गर्न लागिएको बताए ।

अर्को प्रसंगमा लामिछानेले काठमाडौं महानगरका मेयर बालेन र उर्जामन्त्री कुलमान घिसिङसँग भागवण्डा भन्दा पनि जिम्मेवारीको बाँडफाँड गरेको बताए । बालेनसँग भएको ७ बुँदे सहमतिमा एउटा बुँदा मात्र भागवण्डा देखिएको भन्दै उनले बाँकी बुँदाको पनि अध्यन गर्न आग्रह गरे ।

बालेन र कुलमानसँग सहमति भएपछि नेपालमा ठुलो उत्साह आएको र आम नागरिकले सेलिब्रेसन गरेको पनि उनले बताए ।

‘हामीले भागवण्डा गरेको होइन, राष्ट्रको आवश्यकता र नागरिकको चाहना अनुसार जिम्मेवारी बाडफाड गरेको हो,’ उनले भने, ‘हाम्रो सहमति पश्चात नेपालमा ठुलो उत्साह आएको छ । राष्ट्रले सेलिब्रेट गरेको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com