२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

धादिङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लडने संयुक्त नागरिक पार्टीका नेता देवेन्द्र गैरेको घोषणा

काठमाडौं । संयुक्त नागरिक पार्टीका नेता देवेन्द्र गैरेले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। संयुक्त नागरिक पार्टी धादिङ जिल्ला समितिको सिफारिसमा फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।

धादिङ क्षेत्र नम्बर २ का मतदातालाई सम्बोधन गर्दै गैरेले असल, इमानदार र जनउत्तरदायी नेतृत्व अहिले देशको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। संयुक्त नागरिक पार्टीले “आस्था, अस्तित्व र अधिकारका लागि—विश्वास, आशा र प्रेममा आधारित सर्वजातीय तथा समावेशी सामाजिक लोकतन्त्र” स्थापना गर्ने मूल नाराका साथ राजनीति गरिरहेको उहाँको भनाइ छ।

उहाँले पार्टीले उत्पीडित वर्ग, गरिब किसान, मजदुर, धार्मिक अल्पसंख्यक, महिला, जाति, वर्ग, क्षेत्र तथा सीमान्तकृत समुदायका समान हक–अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको दाबी गर्नुभयो।
गैरेले धादिङ क्षेत्र नम्बर २ को समग्र विकास, जिल्लाको समृद्धि र देशलाई सेवामुखी नेतृत्व प्रदान गर्ने उद्देश्यसहित निर्वाचनमा होमिएको बताउँदै मतदातासँग सहयोग र समर्थनको आग्रह गर्नुभएको छ। उहाँले चुनाव चिह्न ‘गितार’ मा मतदान गर्न मतदातालाई अनुरोध गर्नुभयो।
उम्मेदवार गैरेले आफ्नो विजय केवल व्यक्तिगत नभई धादिङ जिल्लाका नागरिक, उत्पीडित वर्ग तथा सीमान्तकृत समुदायको सामूहिक विजय हुने दाबी गर्नुभयो। साथै, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदाय र राष्ट्रको हितका लागि निस्वार्थ सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com