२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पोर्टोमाथि एट्लेटिकोको रोमाञ्चक जित

पोर्टोमाथि एट्लेटिकोको रोमाञ्चक जित

जनसेवा न्युज डटकम संवाददाता

स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक जित निकालेको छ । बुधबार राति इन्ज्युरी समयमा तीन गोल भएको खेलमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–१ ले हराएको हो ।

घरेलु मैदानमा एट्लेटिकोको जित दिलाउन मारियो हर्मोसो र एन्टोनियो ग्रिजमनले एक एक गोल गरे । पोर्टोका मेटेअस युरिवेले एक गोल फर्काए । खेलको ५० औं मिनेटमा कोकीले गोल गरेपनि गोलले मान्यता पाएन ।

पाहुना टोली पोर्टोका मेदी तारेमी खेलको ८१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिँदा टोली १० खेलाडीमा समेटियो । इन्ज्युरी समयको पहिलो मिनेटमा मारियोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा मेटेअस युरिवेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको अन्तिम समयमा एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले पहिलो खेलबाट ३ अंक जोडेको छ । यता पोर्टोले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत नै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४–० गोल अन्तरले हराएको छ । त्यस्तै अर्को खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० गोलले हरायो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com