रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं । रूकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड ) भारी मतान्तरले विजयी भएका छन्।
प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन्।
साथै नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३४६२ ल्याए। नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन्। प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याएका छन्।



