२०८२ फाल्गुन २४ - Sun Mar, 2026 -

Janasewa News

समानुपातिकतर्फ रास्वपाले हालसम्म गणना भएको मतको ४९ प्रतिशत मत ल्यायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )ले समानुपातिकतर्फ २० लाख मत कटाएको छ।

आइतबार दिउँसो ४:२८ बजेसम्म ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले झन्डै त्यसको आधा मत पाएको छ।

उसले समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ९४ हजार ३१ मत पाएको छ।

यो भनेको हालसम्म गणना भएको मतको ४९ प्रतिशत हाराहारी हो।

नेपाली कांग्रेसले हालसम्म गणना भएको १६ प्रतिशत मत पाएको छ। उसले अहिलेसम्म ७ लाख ४९ हजार १९६ मत ल्याएको छ।

नेकपा एमालेले हालसम्म गणना भएको करिब १४ प्रतिशत मत ल्याएको छ। उसको ६ लाख ३६ हजार ३६६ मत ल्याएको छ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाले ६ प्रतिशत मत ल्याएको छ। हालसम्म उसको मत २ लाख ९७ हजार ८५९ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म गणना भएकोमध्ये ३ प्रतिशत मत पाएको छ। उसले १ लाख ५९ हजार ९८४ मत ल्याएको छ।

अरू दलहरूले हालसम्म दुई प्रतिशतभन्दा कम मत ल्याएका छन्।

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत अनिवार्य कटाउनुपर्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com