२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

हाम्रै पार्टीको एकल सरकार भए पनि गलत कदम भए औँलो ठड्याउनुपर्छ-स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए ।

उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।’

आ-आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्ने बताए । नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने स्वर्णिमको भनाइ छ ।

बाचा पत्रको थिम थिति बसाल्ने संकल्प रहेको भन्दै उनले नेपालमा अभूतपूर्व समर्थन जनताले दिएकाले जनअपेक्षाअनुसार अघि बढ्नुपर्ने बताए । रास्वपाले काम गरेरै देखाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com