२०८२ चैत्र १० - Tue Mar, 2026 -

Janasewa News

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। भोलि दिउँसो १: ०० बजे बस्नेगरी बैठक बोलाइएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

उनका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । देउवा पक्षले बेग्लै केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com