२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने भएको छ । विशेष अदालतस्रोतका अनुसार सबै बहसकर्तासँग २७ गतेभित्र बहसनोट पेश गर्न आदेश भएका कारण त्यसपछि पेसी चढ्ने भएको हो ।

विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेश गर्न आदेश दिएको हो । नेपालका तर्फबाट मुद्दाको पैरवी गरिरहेका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीले पनि चैतको अन्तिम वा वैशाखको पहिलो साता पेसी चढ्ने सम्भावना रहेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भूमिसम्बन्धी ऐन- २०२१ मा विपरीत काम गरेको कारण मुद्दा दायर भएको थियो ।

उक्त ऐनअनुसार उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले जमिनको हदबन्दी छुट गर्नसक्छ । तर, त्यसरी छुट गरेको जमिन विक्रि गर्न पाइँदैन । नेपाल प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा निर्णय नै गरेर जमिनको विक्रि गर्न अनुमति दिएको थियो।

नेपालका विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजायको मागदाबी छ । जडीबुटी उत्पादन तथा आयुर्वेद अस्पतालको निर्माणका लागि पतञ्जली योगपीठले हदबन्दी छुटमा जमिन खरिद गरेको थियो । हदबन्दी छुटको निर्णय गर्ने सरकारले नै पछि मन्त्रिपरिषद्को निर्णयबाट विक्रि भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com