२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

नेपाली पात्रोको सिइओमा देवकोटा

नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’ को सिइओमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् । देवकोटा फेब्रुअरी १३ तारिखमा नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका हुन् ।

विसं. २०५६ सालबाट वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’ बाट सञ्चार क्षेत्रमा प्रवेश गरेका देवकोटा एक दशकदेखि डिजिटल मिडिया क्षेत्रमा सक्रिय रहँदै आएका छन् । २०६३ सालमा सर्वप्रथम फेसबुक एपमार्फत सार्वजनिक भएको नेपाली पात्रो २०६६ सालमा गुगल प्लेस्टोर एन्ड्रोइड तथा एप्पल एप स्टोरमार्फत सार्वजनिक गरिएको थियो ।

नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com