२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

आर्मीलाई हराउँदै न्यु डायमण्ड बन्यो दमक कपको च्याम्पियन

काठमाडौं–होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो ।

दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बन्यो ।

प्रतिष्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट १९–२५ ले गुमायो । लयमा फर्किएको डायमण्डले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेट डायमन्डले आफ्नो पक्षमा पारेको थियो। डायमण्डले २६–२४ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको हो। निर्णायक सेटमा डायमन्डले एकपक्षीय प्रदर्शन गर्दै १५–६ को सहज जित निकाल्दै च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै डायमन्डले २ लाख रुपैयाँसँगै ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको आर्मीले १ लाख रुपैयाँमा चित्त बुझायो।
एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस तेस्रो भयो। तेस्रो भएको पुलिसले ५० हजार तथा चौथो भएको एपीएफले ३० हजार रुपैया प्राप्त गरेको छ ।

दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २१ फागुनदेखि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगितामा ६ टोलीको सहभागी थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com