२०८३ जेष्ठ ११ - Mon May, 2026 -

Janasewa News

रौतहटमा गाडीको ठक्करबाट महिलाको मृत्यु

जनसेवा न्युज संवाददाता

रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको ९स्कोर्पियो० ठक्करबाट एक महिलाको मृत्यु भएको छ । विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका ३ की ४० वर्षीय गीतादेवीको घटनास्थलमै मृत्यु भएको हो ।
महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले बताए । उक्त गाडीको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् ।

जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट थुप्रै खसी बाख्रा मरेको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार गुजाराको पशुपति टोलमा भएको एक विवाह कार्यक्रममा आएका जन्तीले मदिरा सेवन गरेर गाडी चलाउँदा सो दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com