२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

वीरगञ्जमा उम्मेदवारी दर्ता  पार्टीको भन्दा स्वतन्त्र उम्मेदवार बढी

वीरगञ्जमा उम्मेदवारी दर्ता  पार्टीको भन्दा स्वतन्त्र उम्मेदवार बढी

 

वीरगन्ज (पर्सा) । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनय दर्ताको पहिलो दिन पर्सा जिल्लाभर न्यून उम्मेदवारको मनोनय दर्ता भएको छ । जनप्रतिनिधि निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउने पहिलो दिन वीरगन्ज महानगरमा ७७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जसमा मेयरमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा भने पहिलो दिन कसैले पनि उम्मेदवारी दर्ता गरेनन् । त्यसैगरि वडाध्यक्षमा २० जना, दलित महिला सदस्यमा ६ जना, महिला सदस्यमा १० जना तथा खुल्ला सदस्यमा २९ जनाले मनोनयन दर्ता गराएका वीरगन्ज महानगर निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।

यसैगरि बहुदरमाई नगरपालिकामा पहिलो दिन ३ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उक्त पालिकामा कुनै दलबाट नभई स्वतन्त्रमा ३ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपरजिष्टार कैलाश प्रसाद भट्टराईले जानकारी दिए ।

यसरी नै पर्सागढी नगरपालिकामा एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनको लागि पालिकाको वडा नं। ४ को वडाध्यक्षमा १ जना स्वतन्त्र व्यक्तिले मात्रै उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत एवं उपरजिष्टार केशव प्रसाद पौडेलले जानकारी दिए ।

यता पोखरीया नगरपालिकामा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा २ जना पार्टीबाट र १ जना स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा स्वतन्त्र १ जना पार्टीबाट १ जना गरि २ जना उम्मेदवारी दर्ता गराएका छन् ।

यसरी नै वडाध्यक्षमा ७ जनाले उम्मेवदारी दर्ता गराएका छन्, जुन सबै सुशासन पार्टीका उम्मेदवारहरु हुन् भने वडा नं. ९ मा २ जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिवक्ता पद्म बहादुर कार्कीले जानकारी दिए ।

छिपहरमाई गाउँपालिकामा उम्मेदवारी दर्ता शून्य रह्यो । विहान १० बजेदेखि साँझ ५ बजेसम्म कर्मचारीहरुले उम्मेदवारी दर्ता गर्नका लागि बसेपनि कुनै दल वा स्ततन्त्र तर्फ कसैले पनि उम्मेदवारी दर्ता गराउन नआएको निर्वाचन अधिकृत एवं इजलाश अधिकृत मुकुन्द निरौलाले जानकारी दिए । यसरी नै धोबिनी गाउँपालिकामा ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्, जसमा सबैजना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

जसमा उपाध्यक्षमा १ जना, वडाध्यक्षमा १ जना तथा वडा सदस्यमा २ जना गरि ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत एवं उपन्यायधिवक्ता कैलाश दहालले जानकारी दिए । त्यसैगरि जिराभवानी गाउँपालिकामा ९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा गाउँपालिकाको प्रमुख, उपप्रमुख लगायतका पदमा कसैले उम्मेदवारी दर्ता गराएका छैनन् भने वडाध्यक्षमा २ जना तथा वडासदस्य ७ जना गरि ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपसचिव झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार वडा नं. १ को वडाध्यक्षमा १ जना तथा वडासदस्यमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नं. ३ मा वडाध्यक्षमा १ जना तथा वडासदस्य ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै ठोरी गाउँपालिकामा १ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । पालिकामा अध्यक्ष पदको लागि पार्टीबाट अध्यक्षमा पदमा १ जनाको उम्मेदवारी मात्रै दर्ता भएको निर्वाचन अधिकृत एवं निर्देशक शिवराज न्यौपानेले जानकारी दिए ।

विन्दवासिनी गाउँपालिकामा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा १ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा ५ जना तथा वडासदस्यसमा २० जना गरि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा २७ जना एउटै पार्टी (लोकतान्त्रिक समाजवादी पार्टी) का छन् भने १ जना उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं श्रेस्तेदार अरुण कुमार कोइरालाले जानकारी दिए ।

त्यसैगरि जगरनाथपुर गाउँपालिकामा ५० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा मेयरमा ३ जना, उपमेयर ३ जना, वडाध्यक्षमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ४ जना सदस्य पदमा स्वतन्त्र उम्मेदवार छन् भने बाँकी सबै जनमत पार्टी र जसपा पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं रजिष्टार चिन्तामणी शर्माले जानकारी दिए ।

यसैगरि कालिकामाई गाउँपालिकामा २५ जनासम्मको उम्मेदवारी दर्ता भइसकेको छ भने बाँकीको दर्ता भइरहेको निर्वाचन अधिकृत एवं उपन्यायधिवक्ता प्रकाश कोइरालाले जानकारी दिए । त्यसैगरि पकहामैनपुर गाउँपालिकामा पनि उम्मेदवारी दर्ता कार्य चलिरहेको निर्वाचन अधिकृत एवं उपसचिव कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।

यसरी उम्मेदवारी दर्ताको पहिलो दिन पार्टीका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएको देखिन्छ । सत्ताधारी पार्टी नेपाली काँग्रेस, विपक्षी पार्टी नेकपा एमाले पार्टीको उम्मेदवारी दर्ता अवस्था शुन्य रहेको छ भने समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका पार्टीका उम्मेदवारी अवस्था न्यून रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com