२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

झापाका अधिकांश पालिकामा प्रमुख –उपप्रमुख नै पुरुष

झापाका अधिकांश पालिकामा प्रमुख –उपप्रमुख नै पुरुष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको प्रमुखरउपप्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै प्रमुखरउपप्रमुखमा उम्मेदवार बनाएको हो ।

नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा ९माओवादी केन्द्र० ले उपप्रमुखरउपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुखरउपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ ।

गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शङ्कर सेढाईं, कमलमा पर्शु सुवेदी, बुद्धशान्तिमा खड्ग तिम्सिना, गौरीगञ्जमा अमन राजवंशीलाई उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी झापा गाउँपालिकामा मुनावती गणेश उपाध्यक्षमा र दमक नगरपालिकामा रेगिना उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख छ । हल्दिवारी र कचनकवल गाउँपालिका तथा कनकाई नगरपालिकामा गठबन्धनमा सहमति नभएपछि दुवै दलले उपप्रमुखरउपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको बताइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तारामणि सापकोटाले पुरुष नभई जितिँदैन भन्ने सामाजिक सोचका कारण पनि महिलाले अवसर नपाएको बताए । उनले भने, “पार्टीमा क्षमता भएका धेरै महिला छन् तर गठबन्धन हुँदा महिला पुरुषलाई मिलाएर लैजानुपर्ने बाध्यकारी अवस्था नहुँदा पनि संविधानमा भएको व्यवस्थालाई क्रस गरिएको हो । (रासस)

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com