२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

काठमाण्डाै – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले सरकारी सुविधाबापत पाएको गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ ।

धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उहाँले गाडी बेच्ने घोषणा गर्नुभएको हो ।

गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पारित गरिसकेको छ।

मेयर राईले अहिले पनि सरकारी सुविधाको गाडी निकै कम चढ्ने गर्नुभएको छ । उहाँले व्यक्तिगत मोटरसाइकल चढ्दै आउनुभएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com