२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

धादिङ : स्थानीय प्रमुखमा पुरुष उम्मेदवारकै दबदबा, महिला उम्मेदवार अत्यन्त न्यून

धादिङ । २ नगरपालिका र ११ गाउँपालिकासहित कुल १३ वटा स्थानीय तह रहेको धादिङमा आसन्न स्थानीय तह निर्वाचन- २०७९ का लागि स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा उम्मेदवारी दिने महिलाको संख्या अत्यन्त न्यून छ । १३ वटै स्थानीय तहमा गरी जिल्लाभरिबाट प्रमुख / अध्यक्ष पदमा कुल ११७ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या जम्मा ५ जना मात्रै रहेको छ । यो कुल संख्याको ४.२७% मात्रै हो । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) , राप्रपा लगायतका जिल्लामा क्रियाशील राजनीतिक दलले कुनै पनि स्थानीय तहको प्रमुख / अध्यक्षमा महिलालाई टिकट दिएका छैनन् ।

नेकपा (एमाले) ले जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा महिला नेत्री गंगादेवी श्रेष्ठलाई प्रमुखको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा उपप्रमुखको उम्मेदवार रहनु भएकी श्रेष्ठ तत्कालीन अवस्थामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का साझा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी (शैलेश) सँग पराजित भएकी थिइन् ।

नीलकण्ठ नगरपालिकामा यसपटक पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको छ । नीलकण्ठ नगरपालिकामै नेपाली जनता दलको तर्फबाट देवीकला परियार प्रमुखको उम्मेदवार रहेकी छिन् । उता , नेकपा (माओवादी केन्द्र) ले नेत्रावती डबजोङ गाउँपालिकामा माओवादी नेतृ उर्मिला तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । तामाङ सो गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष पनि हुन् । नेत्रावती डबजोङ गाउँपालिकामै मंगोल नेशनल अर्गनाइजेसनले मिरा गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै गल्छी गाउँपालिकामा नेपाली जनता दलकी सन्तमाया विश्वकर्मा अध्यक्षको उम्मेदवार बनेकी छिन् ।

जिल्लाका यी तीन स्थानीय तहबाहेक धुनिबेसी नगरपालिका , रुबिभ्याली गाउँपालिका , खनियाबास गाउँपालिका , गंगाजमुना गाउँपालिका , त्रिपुरासुन्दरी गाउँपालिका , ज्वालामुखी गाउँपालिका , सिद्दलेक गाउँपालिका , बेनिघाट रोराङ गाउँपालिका , गजुरी गाउँपालिका र थाक्रे गाउँपालिकामा प्रमुख/अध्यक्ष पदमा महिलाको उम्मेदवारी परेको छैन । गठबन्धनका कारण उपप्रमुख/उपाध्यक्ष पदमा पनि महिलाको उम्मेदवारी घटेको छ । जिल्लाभरिका स्थानीय तहमा गरि उपप्रमुख/उपाध्यक्ष पदमा कुल ८० जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या ३६ रहेको छ । यो कुल संख्याको ४५% हुन आउँछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com