२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

नीताको विहे पार्टीमा मेयर बालेन्द्र, सँग सेल्फी खिच्नेहरुको भिड

नीताको विहे पार्टीमा मेयर बालेन्द्र, सँग सेल्फी खिच्नेहरुको भिड

काठमाडौं । नायिका नीता ढुंगानाको विवाह पार्टीमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र साह याक एन्ड यति होटल पुगेका छन् । होटलमा पुग्नासाथ उनीसँग फोटो र सेल्फी खिचाउन तँछाडमछाड सुरु भएको थियो ।

बेलुकी साढे सात बजेतिर बालेन सहयोगीसहित विवाह पार्टीमा आएका हुन् । होटल प्रवेश गर्ने क्रममा सञ्चारकर्मीले उनको ‘बाइट’ लिने प्रयास गरेका थिए । तर, सञ्चारकर्मीसँग तर्किँदै उनी सिधै पार्टी हलभित्र पुगे । भित्र पुग्नासाथ उनीसँग फोटोरसल्फी खिच्ने क्रम सुरु भएको हो ।

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी हिजो विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको पार्टीमा सेलिब्रेटीहरुको ताँती लागेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै सेलिब्रेटीहरुले नीता–हरिहरलाई शुभकामना दिए । मेयर साहले भने पत्रकारसँग बोल्न चाहेनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com