युवा नेता तथा समाजसेवी पुरुषोत्तमले आफ्नो जन्मदिन सुनौलो पाइलाका बालबालिका सँग मनाए
युवा नेता तथा समाजसेवी पुरुषोत्तमले आफ्नो जन्मदिन सुनौलो पाइलाका बालबालिका सँग मनाए
पुरुषोत्तम गजुरेल
काठमाडौँ । कोहि भोकले मर्न नपरोस् कोहि पनी अभिभावक बिहिन नहुन भन्ने जस्ता सस्तो लोकप्रिय नारा जुनसुकै नामका पार्टी र व्यक्ति सत्तामा आएपनी र मन्त्री भएपनी भाषणमा र नारामा मात्र सिमित भएका छन ।
जस्ले अभिभावक बिहिन बालबालिका लाई आफ्नो सानो प्रयासले महान कार्य गर्नु भएको छ उहाँहरुलाई मात्र थाहा छ राज्य कति गैरजिम्मेवार छ भनेर । यहि वास्तविक महसुस गरेर सदाबहार सहयोग गर्न नसकेपनी विशेष परिस्थितिहरुमा सानो सहयोगको प्रयास गर्दै आएको छु । त्यसैले आज मेरो जन्मदिन परेको हुँदा वर्तमान समाजको गलत भुमिकाले कुनै पनि बालबालिका अभिभावक बिहिन नहोस् संस्कारको गलत प्रयोग गरि अनावश्यक खर्च गर्नु भन्दा हामिले गर्ने खर्चले वास्तविक पीडितले राहत महसुस गरौ ठुला होटेल मा राखिने टिप्स बकसमा धेरै टिप्स दिने भन्दा अनाथ लाई थोरै सहयोग गर्ने ब्यक्ति समाज को महान ब्यक्ति हो।
सबैले अनावश्यक खर्च गर्नु सट्टा थोरै सहयोग गर्दा जो विभिन्न परिस्थितिको बाबजुद अभिभावक विहिन बालबालिका अभिभावक बन्नु भएको छ उहाँलाई पक्कै पनि हौसला प्रधान हुनेछ । त्यसैले आज मइले मेरो जन्मदिन काठमाडौ गोकर्ण अवस्थित सुनौलो पाइला बालगृहमा रहेका बालबालिकाहरुसँग मनाएको छु भन्दै जनसेवा न्युज डटकम लाई बताउनु भयो ।