२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनु पर्छ : युक्रेनी राष्ट्रपति

शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनु पर्छ : युक्रेनी राष्ट्रपति

 

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनु पर्ने बताएका छन् ।

युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उनले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिएका हुन् । जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि शुरु गर्न आह्वान गरेका छन् । तर आफूले सानो युक्रेन नभइ समग्र युक्रेनको नेतृत्व गरिरहेको उनको भनाइ छ ।

रुसी सेनाले अहिले दक्षिण पूर्वी शहर मारिऊपोलको स्टिल उद्योगमा आक्रमण गरिरहेको छ । त्यहाँ अझै पनि केही युक्रेनी नागरिक र सैनिक फसेका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भूभागमाथि रुसले निरन्तर पकड कायम राख्न नसक्ने दाबी समेत गरेको बीबीसीले जनाएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com