२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको दाबीबारे विश्व स्वास्थ्य सङ्गठनले के भन्यो ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वका सबै देशलाई कोभिड–१९ को उत्पत्तिसँग सम्बन्धित जानकारी आदान प्रदान गर्न अपिल गरेको छ ।

डब्ल्यूएचओको यो अपिल अमेरिकाको त्यो दाबी पछि आएको हो, जसमा चीनको प्रयोगशालामा कोरोनाको जन्म हुने प्रबल सम्भावना रहेको बताएको थियो ।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्युजलाई दिएको अन्तरवार्तामा भने, ‘हामीले वुहानको ल्याबमा भएको घटनापछि विश्वमा कोरोना फैलिएको पत्ता लगाएका छौँ ।’

चीनको वुहान सहरमा सन् २०१९ मा कोरोनाको पहिलो केस फेला परेको थियो ।

चिनियाँ अधिकारीहरूले एफबीआईको आरोपलाई अस्वीकार गर्दै यसलाई चीनविरुद्धको षड्यन्त्र भनेका छन् ।

अब डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडेनहोम गेब्रेयससले भने, ‘यदि कुनै देशसँग महामारीको उत्पत्तिको बारेमा केही जानकारी छ भने, यो महत्त्वपूर्ण छ कि तपाईंले विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग साझा गर्न आवश्यक छ।’

डा. टेड्रोसले भने, ‘हामी अझै पनि महामारीको जरा पत्ता लगाउने हाम्रो योजनामा काम गरिरहेका छौँ । हामी अझै पनि चीनलाई पारदर्शिताका साथ डाटा उपलब्ध गराउन र अनुसन्धानबाट नतिजासम्म बाँड्न आग्रह गरिरहेका छौँ । ’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com